रोल्पा त्रीबेनीका किसान व्यवसायीक तरकारी खेतीबाट आत्मनिर्भर बन्दै | EBO TIMES

रोल्पा जिल्लाको त्रीबेनी, छाप, लिङदुङ, मजुवा लगायतका विभिन्न गाउँमा किसानहरूले व्यवसायीक तरकारी तथा बर्षे तरकारी खेतीलाई प्राथमिकता दिएका छन्। यस क्षेत्रमा नियमित रूपमा हाटबजार लाग्ने गरेको छ, जसले किसानलाई आफ्ना उत्पादन सजिलै बिक्री गर्न सहज वातावरण बनाएको छ।

स्थानीय व्यापारीका अनुसार यहाँ उत्पादन भएको तरकारी तथा फलफुल तुल्सीपुर, घोराही, नेपालगञ्ज हुँदै भारतको बहराइच र लखनउसम्म पुग्ने गरेको छ। यसले किसानको आम्दानी बढाउन मात्र होइन, बजार विस्तारमा पनि महत्वपूर्ण योगदान पुर्‍याएको छ।

किसानहरूका अनुसार व्यवसायीक तरकारी खेतीबाट मासिक तिनदेखि चार अङ्कको आम्दानी हुने गरेको छ, जसका कारण उनीहरूको जीवन स्तरमा सुधार आएको छ। यस किसिमको खेतीले गाउँमा रोजगारीको अवसर सिर्जना गर्नुका साथै कृषि व्यवसायलाई आत्मनिर्भर बनाउन सहयोग पुर्‍याइरहेको छ।

Post a Comment (0)
Previous Post Next Post

पात्रो